१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

काठमाडौंको रातोपुलमा प्रहरीले गोली चलायो, गुन्डा नाइके राजन लिम्बु घाइते

२१ मंसिर, काठमाडौं । काठमाडौंको रातोपुलमा प्रहरीले एक अभियुक्तलाई पक्राउ गर्न गोली चलाएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डकैती सम्बन्धी घटनामा मुछिएका राजन लिम्बुलाई पक्राउ गर्न गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको छ ।

पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउने परेको प्रहरीले दाबी गरेको छ । उनी पनि हतियारसहित उपस्थित भएको महाशाखाले जनाएको छ ।

महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले अनलाइनखबरलाई दिएको जानकारी अनुसार लिम्बु इटहरीमा भएको डकौती सम्बन्धी घटनामा संलग्न थिए । उनी कर्तव्य ज्यान सम्बन्धी मुद्दामा पनि जोडिएको व्यक्ति भएको राठौरले जनाए

प्रकाशित मिति : 14:02