श्रीमतीलाई माइत जानदिएको भन्दै युवकले काठको चिर्पटले हानेर बुवा र ठूलाबाको हत्या गरे
२१ मंसिर, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियाका एक युवकले आफ्नी श्रीमतीलाई माइत जान दिएको भन्दै बुवा र ठूलाबाको काठको चिर्पटले हानेर हत्या गरेका छन् । बलियाका २१ वर्षीय जहरसिंह चौधरीले ५५ वर्षीय बुवा चंख चौधरी र ६० वर्षीय ठूलो बुवा पल्टु चौधरीलाई चिर्पट प्रहार गरेर हत्या गरेका हुन् ।
चौधरीकाे प्रहारबाट उनको आमा पनि घाइते भएकी छिन् । उनको स्थानीय लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक हरि ओलीले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार जहरीलालले आफ्नी पत्नीलाई बिना जानकारी माइत किन जान दिएको भन्दै बुवा, ठूला बुवा र आमालाई ढोका थुनेर कुटपिट गरेको जनाइएको छ ।
प्रकाशित मिति : 13:47









