निर्मला पन्तको हत्यारा पत्ता नलगाएकाे भन्दै कांग्रेस नेतृ संग्रौलाले मागिन् गृहमन्त्रीको राजीनामा
२१ मंसिर, बुटवल । निर्मला पन्तको हत्यारा पत्ता लगाउन नसकेको भन्दै नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाले गृहमन्त्रीको राजीनामा मागेकी छन् । साउन १० मा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया पन्तकाे हत्यारा पत्तालगाएर कारभाइ नगरेकाे भन्दै संग्राैलाले गृहमन्त्री राम बहादुर थापा वादलकाे राजीनामा मागेकी हुन् ।

शुक्रबार बुटवलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपालमा न्याय मरेकाे, न्याय बिकी सकेकाे अपराधीहरु सिंहदरबारकै सुरक्षामा रहेकाे संग्रौलाले बताइन्छ ।
सिंगो समाज नजागेसम्म निर्मलाहरुले न्याय पाउने सम्भावना नरहेको उनले बताइन् । ‘दुइतिहाइको सरकारले ९ महिनामा केके गर्यो ? जनताको बाँच्न पाउने अधिकार कुण्ठित भएको, राज्यले भयावय स्थिति सिर्जना समेत गरेको संग्राैलाकाे भनाइ छ ।
प्रकाशित मिति : 12:49









