१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

तोलामा एकैदिन १९ सय रूपैयाँले बढ्यो सुनको भाउ

७ असार, काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मुल्य १ हजार ९ सय रूपैयाँले बढेर छापावाल सुन प्रतितोला एक लाख ४४ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि तोलामा २५ रूपैयाँले बढेर प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०८१, शुक्रबार ११:२५