२४ जेष्ठ २०८३, आइतबार | Sun Jun 7 2026

बिमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारले अझै पाएनन शव, ६ सुत्रीय मागसहित आन्दोलनकाे चेतावनी

३ चैत, काठमाडा । युएस बंगला बिमान दुर्घटनामा ज्यान गुमाएका परिवारले अझै शव पाएका छैनन् । त्रिबि शिक्षण अस्पतालको कारण मानसिक यातना बेहोर्नु परेको भन्दै मृतकका आफन्त आन्दोलनमा उत्रिएका छन् । उनीहरुले शनिवार आफ्नो ६ सुत्रीय माग सार्वजनिक गर्दै प्रत्येक तीन घण्टामा यथार्थ सूचना सार्वजनिक गर्नुपर्ने माग राखेका छन ।


यसैगरी मृतकहरुको नियमानुसार गर्नुपर्ने चेकजाँच यथाशिघ्र पूरा गरी मृतकको शव बुझाउनु पर्ने, नेपाल सरकारको छानविन समितिमा पीडित पक्षबाट अनिवार्य दुई सदस्य राखिनु पर्ने, पीडित पक्षलाई बिमा रकम समान रुपमा यथाशीघ्र उपलब्ध गराइनु पर्ने माग पनि राखेका छन ।

उनीहरुले बिमान दुर्घटना भएलगत्तै गर्नूपर्ने उद्दार कार्यमा ढिलासुस्ती भई अपुरणीय क्षती भएकोले छानविन गरी दोषीमाथि कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन । आफ्ना माग पूरा नभए जुनसुकै हदसम्म जान तयार रहेको चेतावनी पनि पीडित पक्षले दिएका छन । गत फागुन २८ गते काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरणको क्रममा भएको युएस बंगला बमान दुर्घटनामा परी २२ नेपालीसहित ४९ जनाको ज्यान गएको थियो ।

दुर्घटनामा परी नेपाली नागरिकहरु शिला बजगाईं, अल्जिना बराल, चारु बराल, सोबिन्द्रसिंह बोहरा, प्रवीण चित्रकार, सजना देवकोटा, ज्ञानीकुमारी गुरुङ, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, प्रसन्न पाण्डे, हरिशंकर पौडेल, सञ्जय पौडेल, कृष्णकुमार सहनी, आश्ना शाक्य, एञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, डा. बालकृष्ण थापा, श्वेता थापा र अवधेशकुमार यादवको मृत्यु भएको थियो । मृतकको शव अहिलेसम्म आफन्तलाई बुझाउन नसकेपछि उनीहरु आन्दोलनमा उत्रन बाध्य भएका हुन ।

प्रकाशित मिति : March 17, 2018 at 5:33 pm