८ असार २०८३, सोमबार | Mon Jun 22 2026

सर्वोच्चले गिरिबन्धुबारे गरेको फैसलामाथि संसदीय छानबिन हुनुपर्छः एमाले नेता रिजाल

४ असार, काठमाडाैँ । नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सर्वोच्च अदालतले गरेको फैसला माथि संसदीय छानविन हुनुपर्ने माग गरेका छन । मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत केन्द्रीय सदस्य रिजालले गम्भीर न्यायिक विचलनको विषय उठान गर्दै फैसलामाथि संसदीय छानविन हुनुपर्ने बताएका हुन ।

सर्वोच्च अदालतले गिरिबन्धु टि स्टेटका बारेमा दिएको फैसला त्रुटीपूर्ण रहेको रिजालले संकेत गरेका छन । उनले संसदबाटै कानुन बनाएर गरिएको काम अबैध हुने र कानुनबिनानै गरेको काम बैध हुने सर्वोच्चको ठहर गम्भीर रहेको संकेत गरेका छन ।

रिजालले भनेका छन, ‘गिरिबन्धुको फैसलामाथि संसदीय छानबिन हुनुपर्छ । संसद्बाट पारित कानुन बमोजिम गरिएको कामलाई अवैध भनिएको छ । तर, त्यसअघि नै कानुनबिना गरिएको ७० बिघा जग्गा किनबेचलाई बैधता दिइएको छ । एकातिर ठूलो हल्ला मच्चाएर ध्यान केन्द्रित गराउने अनि अर्कातिरबाट कानुन नै नभएर गरिएको निर्णयलाई बैधता दिने काम स्वतः प्रश्नको घेरामा छ ।’

गिरिबन्धुमा सर्वोच्चलाप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै असन्तुष्टि जनाइसकेका छन । झापाको गिरिबन्धु टी इस्टेटसम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलाप्रति असन्तुष्टि जनाउँदै ओलीले गिरिबन्धुको हदबन्दी भन्दा बढीको जग्गा बिक्री गर्न संसदले नै कानुन बनाएको भन्दै त्यसलाई अपरिपक्व भनेर न्यायाधीशहरुले पूर्वाग्रह देखाएको बताएका थिए । ‘कानुन बनाऊ भन्ने, कानुन बनाएपछि अपरिपक्व भन्ने’ भन्दै ओलीले गिरिबन्धुको जग्गा पहिले नेपाली कांग्रेसको सरकार हुँदा एक पटक ५१ बिघा र एक पटक १९ बिघा सट्टापट्टाको नाममा बिक्री गर्न दिएको बताएका थिए ।

प्रकाशित मिति : June 18, 2024 at 9:47 am