भ्रष्टाचार मुद्दाका पूर्वआईजीपी बोहरालाई सर्वोच्चबाट सफाइ
२० मंसिर, काठमाडौं । २०६८ चैतमा बोहराको २६ लाख ८३ हजार ४ सय ८५ रुपैयाँ ७८ पैसा अवैध आम्दानी देखिएको भन्दै विशेष अदालतले सो बराबरको बिगो जरिवाना र १ वर्ष कैद सजाय सुनाएको पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहराले सर्वोच्चबाट सफाइ पाएका छन् ।
भ्रष्टाचार गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोग लागेका बाेहरालार्इ बिहीबार सर्वोच्च अदालतमा न्यायाधीशहरु शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको इजलासले विशेष अदालतको फैसला उल्ट्याउँदै सफाइ दिने फैसला गरेको हो ।
प्रकाशित मिति : 17:24









