गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी जनकपुरबाट भागेका बैकुण्ठ दास काठमाडाैँबाट पक्राउ
२० मंसिर, काठमाडाैँ । गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी जनकपुरबाट भागेका बैकुण्ठ दास काठमाडाैँबाट पक्राउ परेका छन । रत्नसागर मठका महन्त दासले जनकपुरमा गुठीको अर्बौं मूल्यको जग्गा कीर्ते गरी बचेका थिए ।
केहि दिनअघि जिल्ला अदालत धनुषाले पक्राउ गर्ने आदेश दिएपछि दास काठमाडाैँ भागेका थिए । जनकपुरबाट भागेर काठमाडाैँमा लुकिछिपी बस्दै अाएका दासलाई प्रहरीले बुधबार साँझ काठमाडौंको कमलपोखरीबाट पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

उनले अपराध अनुसन्धान व्यूरो र जनकपुर प्रहरीको संयुक्त प्रयासमा दासलार्इ कमलपोखरीबाट पक्राउ गरेको बताए ।दासले नक्कली लालपूर्जा बनाएर जमिन बेचेको भन्दै एक व्यक्तिले आफ्नो जग्गा भएको दाबीसहित धनुषा जिल्ला अदालतमा मुद्दा हालेका थिए ।
प्रकाशित मिति : 12:16









