१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

विश्वकप क्रिकेटः नेपाललाई दक्षिण अफ्रिकाले दियो ११६ रनको चुनौती, कुशलले लिए ४ वीकेट

१ असार, काठमाडाैँ । नेपाललाई दक्षिण अफ्रिकाले ११६ रनको चुनौती दिएको छ । आईसीसी टी-२० विश्वकप अन्तर्गत नेपालले तेस्रो खेल खेलिरहेको छ । वेस्ट इन्डिजमा जारी खेलमा टस जितेर सुरुमा फिल्ड रोजेको नेपाललाई दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११६ रनको चुनौती दिएको छ।

नेपालका लागि कुशल भुर्तेल १९ रन दिएर चार विकेट लिएका छन । अर्का अलराउन्डर दीपेन्द्रसिंह ऐरीले तीन विकेट हात पारे। उनले चार ओभर बलिङ गर्दा २१ रन दिए।

प्रकाशित मिति : १ असार २०८१, शनिबार ०६:५७