१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

पप्पुको बदमासीमा अदालतको साथ, कन्स्ट्रक्सनलाई कालोसुचीमा नराख्न आदेश

२० मंसिर, काठमाडाैँ । पप्पु कन्स्ट्रक्सनले अदालतको साथ पाएको छ । एक उच्च अदालतले पप्पुलार्इ कालो सूचीमा नराख्न अादेश नै दिएको छ । उच्च अदालत तुलसीपुरको नेपालगन्ज ईजलासले पप्पु कन्स्ट्रक्सनलाई कालोसुचीमा नराख्न आदेश दिएको हो।

अदालतले धरौटीवापत ठेकेदारले राखेको रकम नझिक्न सरकारका नाममा विषेधाज्ञा आदेश पनि दिएको छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो । नेपालगन्ज ईजलासका न्यायाधीश विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त ईजलासले गत बुधबार उक्त आदेश दिएको हो ।

पप्पु कन्स्ट्रक्सनका सुनित रौनियारले उच्च अदालतमा रिट दायर गरेका थिए । उनले सिक्टा सिँचाई आयोजनाले कम्पनीलाई कालोसुचीमा राखेर बैंक धरौटी झिक्न खाजेको दाबीसहित सिक्टा र त्यहाँका अधिकारीलाई निपक्षी बनाएका थिए । उनलार्इ अदालतले साथ दिएको छ ।

प्रकाशित मिति : 08:16