२२ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 6 2026

राष्ट्रिय वाणिज्य बैंकका शाखा प्रबन्धक रामजनक चाैधरीसहित चार जना भ्रष्टाचारी ठहर

२८ जेठ, काठमाडाैँ । विशेष अदालतले राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन शाखा प्रबन्धक रामजनक चाैधरीसहित चार जनालाई भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले सोमबार मुद्दाको अन्तिम सुनुवाइ गर्दै अख्तियार दुरूपयोग अनुसन्धान अायोगले दायर गरेको मुद्दामा चारै जनालाई दोषी ठहर गरेको हो ।

अख्तियारले बैंक जमानत नक्कली बनाएर भ्रष्टाचार गरेको भन्दै २०७८ फागुन २६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दामा सोमबार अन्तिम सुनुवाइ गर्दै न्यायाधीश टेक नारायण कुँवर, तेज नारायणसिंह राई र रामबहादुर थापाको संयुक्त इजलशाहले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ९ बमोजिम कसुर गरेको ठहर गरेको छ ।

विशेषले राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन शाखा प्रबन्धक रामजक चाैधरीलाई ४० हजार जरिवाना र दश महिना कैद हुने फैसला गरेको छ । त्यस्तै बि.टी. निर्माण सेवा र सोका तत्कालीन निर्देशक माधव प्रसाद भण्डारी, फस्कु निर्माण सेवा र सोका प्रोपाइटर अर्जुन बहादुर बुढाथोकी, टौदह कन्स्ट्रक्सन र ठेक्का नं. ०३-०७०/०७१ का लागि जे.भी.का प्रतिनिधि पुन्न बहादुर शाहीलाई जनही २० हजार जरिवाना र छ महिना कैद हुने फैसला गरेको छ ।

दाङकाे सडक कार्यालय अन्तर्गत ठेक्कामा पेश्की लिन मिलेमतो गरेको, सम्बन्धित निर्माण व्यवसायी वि.टी.रटौदहरफस्कु जे.भी. काठमाडौंले पेश गरेको बैंक जमानत नक्कली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गरेर अख्तियारले मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित मिति : June 10, 2024 at 11:30 am