१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?


२७ जेठ, काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । गत शुक्रबार प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम भएर नयाँ रेकर्ड राखेको सुनको मूल्य आज तोलामै ४ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम भएको छ ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३ रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ७५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८२५ सय रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८१, आईतवार १०:५१