सुनकाे भाउमा दैनिक नयाँ रेकर्ड
२५ जेठ, काठमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन शुक्रबार सुनकाे भाउ बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन ताेलामा १००० रूपैयाँले बढेर १ लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेकाे छ । यो मूल्य हालसम्मकै उच्च हो ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेर तोलामा १९०० पुगेको महासंघले जनाएकाे छ ।
प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार ११:२४