हावाहुरीका कारण भिजिबिलिटी कम हुँदा रोकिएको उडान सुरु
२२ जेठ, काठमाडौं । हावाहुरीसहित भएको वर्षातले भिजिबिलिटी कम हुँदा केहीबेर रोकिएको हवाइ उडान सुरु भएको छ । मंगलबार बिहान काठमाडौं उपत्यकासहित बागमती लगायत मधेशमासम्म मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार केहीबेर ठूलो मात्रामा वर्षा भइसकेपछि काठमाडौं उपत्यका अहिले सामान्य अवस्थामा आइसकेको छ ।
यद्यपि, मेघ गर्जनसहित हावाहुरी गराउने प्रणाली उत्तरपूर्वी भूभागतिर सर्ने क्रममा हुँदा सर्तक रहन मौसम पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ ।
प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार १३:३१










