३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

भारतमा ग्यास बिस्फोटमा परेर एकै परिवारका पाँच जनाको निधन

२२ जेठ, काठमाडौँ । भारतमा ग्यास बिस्फोटमा परेर एकै परिवारका पाँच जनाको निधन भएको छ । भारतको कर्नाटक राज्यको बैंगलोरमा खाना पकाउने ग्यास बिस्फोट हुँदा एकै परिवारका पाँच जनाको निधन भएको हो । निधन हुनेहरू बझाङको जयपृथ्वी नगरपालिकाका–११ सुइलका हुन ।

बैंगलोरमा सुरक्षा गार्डको काम गर्दै आएका मदन बोहोराको परिपारका सदस्य सबैको उपचारका क्रममा निधन भएको छ । बुधवार राति सबै परिवार कोठामै रहेका बेला खाना पकाउने क्रममा ग्याँस विस्फोट भइ गम्भीर घाइते भएका थिए ।

घाइतेमध्ये ३२ वर्षीय मदन बोहोराको आइतवार राति र छोरी ११ वर्षीया निताको सोमबार बिहान ज्यान निधन भउको हो । त्यसअघि मदनकी श्रीमती ३० वर्षीया प्रेमजलाको शनिवार बेलुका निधन भएको थियो । मदनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षीय छोरा प्रशान्तको बुधबार नै निधन भएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार ०९:४७