३ फाल्गुन २०८२, आईतवार | Sun Feb 15 2026

वैशाख २१ बाट बन्द कान्ति लोकपथ जेठ २५ गतेदेखि पूर्णरुपमा सञ्चालनमा आउने

२२ जेठ, मकवानपुर । कान्तिलोकपथ सकड यही जेठ २५ गतेदेखि पूर्णरुपमा खुला हुने भएको छ । मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले गत वैशाख २१ गतेबाट बन्द रहेको उक्त सडक पूर्णरुपमा सञ्चालनमा आउने भएको बताउनुभयो ।

उक्त सडक आज साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म र बिहान ९ देखि १२ बजेसम्म खुल्ला हुनेछ भने आज दिउँसो १२ बजेदेखि बेलुका ६ बजेसम्म उक्त सडक बन्द हुने प्रवक्ता भण्डारीले बताउनुभयो । ललितपुरको बागमती गाउँपालिका–२ रातोभिरस्थितमा सडक निर्माण गर्ने क्रममा ढुङ्गा माटो धेरै झरी सडक भाँसिएकाले बन्द रहेको उक्त सडक सडक पूर्णरुपमा बन्द भएको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार ०८:४४