१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सिड्नी गल्फको चौथो चरण सम्पन्न, बिशाल श्रेष्ठ विजयी


अष्ट्रेलियाको न्यू साउथबेल्स राज्यमा रहेको नेपाली गल्फरहरुको संस्था नेप्लिज गल्फर एसोसिएशनले आयोजना गरेको   दोस्रो CIHE GOLF LEAGUE 2024  जारी रहेको छ ।

लिगको चौथो  खेलमा बिभिन्न देशका प्रवासीहरु समेत गरेर जम्मा २० जनाले  भाग लिएका थिए।  धमिलो कोर्स , चिसो र हुसु बिच बिहान सात बजे सुरू भएको चौथो दिनको खेलमा बिशाल श्रेष्ठ  ४० अङ्क सहित प्रथम भए भने ३६ अङ्क सहित सुदिप बास्तोला दोस्रो भए। इस्टेबल फोडको आधारमा खेलाईएको उक्त खेलमा Nearest to the pin ( NTP) मिलन श्रेष्ठले जिते भने Longest drive (LD) चाही केन्द्र जोशीले जिते।  जोर्जेज रीभर गल्फ क्लबमा भएको पुरस्कार वितरण कार्यक्रममा बिजेतालाई अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका निवर्तमान  महावाणिज्यदूत दिपक खड्काले पुरस्कार बितरण गरेका थिए ।

खेलको पुरस्कार बितरण गर्दै  अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका निवर्तमान महावाणिज्यदूत खड्काले बिदेशमा रहेर पनि नेपाली बिच यसरी गल्फ खेल्न पाउदा सार्है खुसि लागेको र दिन प्रतिदिन यसरी नया नया देस बिदेसका साथीहरू गल्फमा रुचि राखी प्रतियोगितामा भाग लिएको मा सबै खेलाडी तथा आयोजकलाई  बिषेश धन्यवाद दिएका थिए । कुल आठ  खेल खेलाईने यो लिगको प्रायोजक चाही Crown Institute of Higher Education – CIHE  रहेको छ।

आयोजकको तर्फबाट  दिपक पहारीले यो लिगको प्रायोजक Crown Institute of Higher Education – CIHE लाई बिसेष धन्यवाद दिदै अबको पाचौ खेल जुन  ३० मा हुने जानकारी दिदै  कोही ईच्छुकहरुले  सम्पूर्ण जानकारी र सम्पर्क को लागी एनएसडव्लु नेप्लिज गल्फ सिड्नीको  फेसबुक पेजमा पाउने बताए ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आईतवार ०६:११