१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

६० किलो सुन तस्करी प्रकरणः काभ्रेका थर्कमान लामा पक्राउ

१८ जेठ, काठमाडौँ । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् । तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडाैँकाे लाजिम्पाटबाट पक्राउ गरेको हो ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगले यसअघिको सुन तस्करीको अनुसन्धानमा प्रश्न उठाउँदै थप व्यक्तिमाथि अनुसन्धान अगाडि बढाउन सुझाव दिएको थियो।

उक्त प्रकरणमा लामाको पनि भूमिका शंकास्पद रहेकाले अनुसन्धानका लागि पक्राउ गरिएकाे सीआईबीले जनाएकाे छ। राजस्व अनुसन्धान विभागले २०८० साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भइसकेको सुन बरामद गरेको थियो। सुरुमा राजस्वले नै अनुसन्धान गरेको यो मुद्दा पछि सीआईबीलाई हस्तान्तरण गरिएको थियो। तर सीआईबीको अनुसन्धान पनि विवादमा तानिएको छ।

अनुसन्धानमा संलग्न व्यक्तिहरूमाथि नै कारबाही गर्न जाँचबुझ आयोगले सिफारिस गरेको छ। सीआईबीले आयोगको प्रतिवेदनअनुसार दोस्रो चरणको अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित मिति : May 31, 2024 at 1:54 pm