१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भ्रष्टाचारको आरोप लागेका विकल पौडेल थुनामा


१६ जेठ, काठमाडौँ । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोप लागेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ ।

बुधबार पौडेललाई न्यायाधीशहरू खुशीप्रसाद थारू, तेजनारायण सिंह र मुरारीबाबु श्रेष्ठको इजलासले थुनामा राखी मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

उनलाई आदेशपछि डिल्लीबजार कारागारमा लगिएको छ । उनी गत माघ १० गते पक्राउ परेदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा थिए ।

उनलाई विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रको भ्रष्टाचार र झुटो विवरण बुझाएर नियुक्ति लिएको छुट्टाछुट्टै दुई भ्रष्टाचार मुद्दामा  दोषी ठहर गरेको छ । उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारका दुईवटा  मुद्दा विचाराधीन छन् ।

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार १९:४९