३ असार २०८१, सोमबार | Tue Jun 18 2024

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया एम्बुलेन्स चढेर अदालतमा, अझै तीन दिन हिरासतमै रहने


१४ जेठ, जनकपुर । नागरिकता कीर्ते गरेको अभियोगमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अझै तीन दिन हिरासतमै राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धानका लागि थप समय मागेपछि जिल्ला अदालत धनुषाले थप तीन हिरासतमै राखेर अनुसन्धान गर्ने अनुमति दिएको हो ।

जिल्ला अदालत धनुषाका न्यायाधीश यदुराज शर्माको एकल इजलासले सिरोहियालाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ । बिरामी भनेर जनकपुरको काव्य अस्पतालमा भर्ना भएका सिरोहियालाई म्याद थपका लागि एम्बुलेन्समा अदालत लगिएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार १९:२३