३ असार २०८१, सोमबार | Tue Jun 18 2024

पत्रकार महासंघमा ताला माथि ताला, विपुल र रोशनकाे ठीक देखिएन चाला !


१४ जेठ, काठमाडौँ । नेपाली पत्रकारहरको एक मात्र साझा संस्थाको पहिचान बनाएको नेपाल पत्रकार महासंघ इतिहासकै गम्भीर मोडमा पुगेको छ । वर्तमान नेतृत्वले पदको दुरूपयोग गरेर विधि माथिनै बलात्कार गरेपछि महासंघमा ताला माथि ताला थपिएको छ । पत्रकारका नाममा राजनीति गर्ने विभिन्न राजनीतिक दलका भ्रातृ संस्थाहरू प्रायः सबैले महासंघको मुलढोकादेखि अध्यक्ष र महासचिवको कार्यकक्षता तालाबन्दी गरेका छन ।

नेकपा माओवादी केन्द्र निकटको प्रेस सेन्टरबाहेक सबै संगठनका नेता र कार्यकर्ताले यो वा त्यो बहानामा महासंघमा तालाबन्दी गरेका छन । महासंघकै केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्मले पनि महासंघको कार्यालयमा तालाबन्दी गरेका छन ।

शुद्धिकरणमा नाममा क्रियाशिल सदस्यहरूलाई निकालेर गैर पत्रकारलाई सदस्यता बितरण गरेपछि महासंघका अध्यक्ष विपुल पोखरेल र महासचिव रोशन पुरीका विरूद्धमा देशभर आन्दोलन सुरू भएको छ । दुई जनाको मिलेमतोमा महासंघको विधान र साधारसभाको म्यान्डेट दुबै तोडिएको छ । प्रेस युनियन र प्रेस चौतारी जस्ता संगठनहरू समेत ताला लगाउने अवस्थामा पुगेका छन ।

dainiki.com

सोमबार साँझ पत्रकार महासंघमा तालाबन्दी गरेपछि प्रेस चौतारीले शुद्धीकरणको नाममा वर्तमान नेतृत्वले यसअघि तय गरिएका मापदण्ड र श्रमजीवी पत्रकारहरुको संगठनबीच भएका सहमति, समितिको सिफारिस र भावना विपरित सदस्यताको सूची तयार पारेको भन्दै आपत्ति जनाएको छ ।

प्रेस चौतारीले शुद्धिकरणको मर्म ‘पत्रकारितामा सक्रिय पत्रकारहरुलाई मात्रै पत्रकार महासंघको सदस्य दिने’ रहेको स्पष्ट पारेको छ तर हिजो मध्यरातमा तयार गरिएको सूचीमा सक्रिय पत्रकारलाई होइन मन लागेका मान्छेलाई सदस्यता दिइएको चौतारीले बताएको छ ।  चुनावदेखि चुनावसम्मको गोलचक्करमा महासंघको गरिमा र गौरबलाई धुलीसात बनाउने सबैप्रकारको कदम प्रेस चौतारीले अस्वीकार गर्ने बताइएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार १९:१७