३ असार २०८१, सोमबार | Mon Jun 17 2024

कांग्रेसले सार्वजनिक रूपमा माफी माग्नुपर्छः एमाले उपाध्यक्ष पाैडेल


१४ जेठ, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेपाली कांग्रेसले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन । प्रमुख चार दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री निवास बालुवाटारमा उपाध्यक्ष पौडेलले कांग्रेसले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका हुन ।

उपाध्यक्ष पौडेलले कांग्रेसले एमाले र एमाले अध्यक्षप्रति आधारहीन र अराजनीतिक आरोप लगाएको दाबी गरे । पौडेलले सहमतिका लागि एमालेले अधिकतम प्रयास गरिरहेको भए पनि कांग्रेस त्यसलाई बिथोल्न लागिपरेको दाबी गरे । उनले भने, ‘नेपाली कांग्रेसले एमालेका विरुद्धमा, हाम्रा श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीका विरुद्धमा टार्गेट गरेर जुन प्रकारका अराजनीतिक पूर्वाग्रहपूर्ण आरोप लगाइरहेको छ, कांग्रेसले लिखित रूपमा क्षमायाचना गर्नुपर्छ । सार्वजनिक रूपमा माफी माग्नुपर्छ । अन्यथा नेपाली कांग्रेससँगको हाम्रो सम्बन्ध ठीक ढंगले अघि बढ्न सक्दैन ।’

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार १५:३१