३ असार २०८१, सोमबार | Mon Jun 17 2024

उपसचिव कमलप्रसाद पौडेलविरूद्ध अर्को भ्रष्टाचार मुद्दा


१३ जेठ, काटमाडौँ । नेपाल सरकारका उपसचिव कमलप्रसाद पौडेलविरूद्ध अर्को भ्रष्टाचार मुद्दा दर्ता भएको छ । सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलविरूद्ध आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नदीजन्य पदार्थ उत्खनन दिँदा भ्रष्टाचार गरेको ठहरसहित पौडेलविरूद्ध दोस्रो भ्रष्टाचारको दोस्रो मुद्दा दर्ता गरेको छ । पौडेलले खरिद कानूनले निर्देश गरेको प्रक्रिया विपरीत पहिलोबाट एकैचोटी चौथो योग्य बोलपत्रदातासँग सम्झौता गरे भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

यसअघि २०७६ सालमा तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पौडेल विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको थियो । उनी निकटहरूका अुनसार पौडेल यस्ता किसिमका भ्रष्टाचारमा कर्मचारी प्रशासनमा मास्टरमाइन्डका रूपमा चर्चित रहेका छन ।

यस्तो छ अख्तियारको आरोपपत्रबारेको विज्ञप्ति 

जिल्ला सुर्खेत, भेरीगंगा नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले आ.व. 2०७६/०७७ मा नदीजन्य पदार्थहरु ढुङ्गा/बालुवा ठेक्का दिंदा कानून मिची आर्थिक अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा भेरीगंगा नगरपालिका, नगर कार्यपालिकाको आ.व. 2076/077 मा बिभिन्न ठेक्काहरुमध्ये भेरीनदी गोछेखोलाको नदीजन्य पदार्थहरु उत्खन्न तथा संकलन र विक्री वितरण कार्य ठेक्का नं. ४ र छिन्चुखोला र डुङ्गिखोलाबाट नदीजन्य पदार्थहरु उत्खन्न तथा संकलन र बिक्री वितरण कार्यको लागि ठेक्का नं. ५ मा बदनियतपूर्ण तवरले फर्महरुसँग एकआपसमा मिलोमतो गरी धेरै रकमको ठेक्का साटफेर गर्दै अधिकतम कबोल मूल्य घटाउने र सम्झौता गर्न नआउने तथा कार्यालयले पनि सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीको व्यवस्थाबमोजिम छनोट भएको सफल बोलपत्रदाताले समयमा सम्झौता गर्न ईन्कार गरेपनि धरौटी समयमा जफत नगर्ने र अन्य ठेक्का साटफेर गर्न अवसर दिने, सम्झौता नगर्ने फर्मलाई कालोसूचीमा राख्नको लागि पत्राचार नगर्ने एवं खरिद कानूनले निर्देश गरेको प्रक्रिया विपरीत पहिलोबाट एकैचोटी चौथो योग्य बोलपत्रदातासँग सम्झौता गर्ने जस्ता कानून विपरीतका कार्य गरी रु.३६,७८,५४३।२४ बराबरको राजश्व रकम हानिनोक्सानी गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न देहायबमोजिमका व्यक्तिहरु उपर देहायबमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

देहाय:

सि.नं नामथर, पद र कार्यालय बिगो रु. कसुर तथा सजायको मागदाबी
1. भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेल रु.36,78,543।24 भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूरमा सोही ऐनको दफा 17 ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद र सोही ऐनको दफा 3 को उपदफा (1) अनुसार बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम हानिनोक्सानी भएको विगोसमेत असुल उपर हुन मागदाबी लिइएको छ।
2. भेरीगंगा नगरपालिका तत्कालीन लेखा अधिकृत मान बहादुर ठाडा रु.36,78,543।24 भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुरमा सोही ऐनको दफा 17 ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद र सोही ऐनको दफा 3 को उपदफा (1) अनुसार बिगोबमोजिम जरिवाना गरी सोही ऐनको दफा 17 बमोजिम हानिनोक्सानी भएको विगोसमेत असुल उपर हुन तथा गलत लिखतसमेत तयार गरेको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 9 बमोजिमको कसुरमा सोही ऐनको दफा 9 वमोजिम कैद र जरिवाना सजायसमेत हुन एवं गलत मूल्यांकन प्रतिवेदनसमेत दिएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवानाको सजाय हुन समेत मागदाबी लिइएको छ।
3. भेरीगंगा नगरपालिका सुर्खेतका तत्कालीन इन्जिनियर बिजय कुमार खत्री, सब इन्जिनियर मोतिलाल प्रसाद, योजना अधिकृत शिशिर कुमार खडका, प्रशासकीय अधिकृत पिताम्बर पौडेल, प्राविधिक सहायक उज्जवल रावत, खरिदार सन्तोष तिवारी, लेखापाल जीवन सोमै  र सह लेखापाल छविलाल सुनार मुल्याङकन समिति सदस्यको रुपमा सहभागी भई गलत मूल्याङ्‍कन प्रतिवेदन दिएकोले भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १९ को उपदफा (२) बमोजिम सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिम कैद र जरिवाना हुन  मागदाबी लिइएको छ।

 

4. न्यू हरि निर्माण सेवा सुर्खेतका प्रोपाइटर हरि बहादुर बुढा क्षेत्री र नवराज कन्सट्रक्सनका प्रोपाइटर नवराज ढकाल रु.36,78,543/24 भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ बमोजिमको कसुरजन्य कार्यको लाभ प्राप्त गर्ने गराउने मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको हुँदा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिम कैद र सोही ऐनको दफा 3 को उपदफा (1) अनुसार बिगो बमोजिम जरिवाना गरी ऐ.ऐ. ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुने सजायलाई आधार मानी सोही ऐनको दफा 22 को प्रतिबन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदारलाई हुने सजाय सरह सजाय गरी विगोसमेत असूल उपर हुन मागदाबी लिइएको छ।
5. एञ्जल कन्सट्रक्सन, वीरेन्द्रनगर, सुर्खेतका प्रोपाइटर भिम बहादुर बुढा क्षेत्री रु.२१,०१,६९६।०४ भ्रष्टाचार निवारण ऐन, 2059 को दफा १७ बमोजिमको कसुरजन्य कार्यको मतियार भई सोही ऐनको दफा २२ बमोजिमको कसुर भएको हुँदा भ्रष्टाचार निवारण ऐन, 2059 को दफा 17 ले निर्देश गरेवमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (च) बमोजिम कैद र सोही ऐनको दफा 3 को उपदफा (1) अनुसार बिगो बमोजिम जरिवाना गरी ऐ.ऐ ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुने सजायलाई आधारमानी सोही ऐनको दफा 22 बमोजिम मुख्य कसुरदारलाई हुने सजाय बराबर सजाय गरी विगोसमेत असूल उपर हुन मागदाबी लिइएको छ।

प्रवक्ता
नरहरि घिमिरे

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार १६:३७