३ असार २०८१, सोमबार | Mon Jun 17 2024

वडा अध्यक्षको निर्देशनमा घुस बुझ्न गएका विचौलिया अख्तियाको टोलीबाट च्याप्प समातिए


१३ जेठ, काठमाडौँ । काठमाडौँ जिल्लाको चन्द्रागिरी नगरपालिकाको वडा नम्बर २ का वडा अध्यक्ष भाई कृष्ण तामाङको निर्देशनमा घुस बुझ्न गएका विचौलिया ध्रुव बहादुर कडायत घुससहित पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौँको नागढुंगाबाट वडा अध्यक्षको निर्देशनमा घुस बुझ्न गएका विचौलिया ध्रुवबहादुर कडायत च्याप्प समातेको हो । वडा अध्यक्ष तामाङ गत स्थानीय निर्वाचन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भएर विजयी भएका थिए ।

व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि वडा अध्यक्षले मागेको घुस विचौलिया कडायतले बुझ्न गगएका थिए । आयोगका प्रवक्ता नरहरि घिमिरेले विज्ञप्ति मार्फत भनेका छन, ‘जिल्ला काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. २ बस्ने ध्रुव बहादुर कडायतले व्यवसाय स्थानान्तरणका लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनका लागि चन्द्रगिरी नगरपालिका वडा नं. २ का वडाध्यक्ष भाई कृष्ण तामाङको निर्देशन बमोजिम घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालबाट खटिई गएको टोलीले घुस/ रिसवतमा संलग्न विचौलिया ध्रुव बहादुर कडायतलाई सेवाग्राहीबाट नगद रु.२,००,०००/- (दुई लाख रुपैयाँ) र निजको नाममा काटिएको रु.दुई लाखको चेक थान एक गरी जम्मा रु. चार लाख घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकम सहित जिल्ला काठमाडौं चन्द्रागिरी न.पा. वडा नं. १२ बलम्वुस्थित चन्द्रागिरी नगरपालिका कार्यालयको गेट अगाडि सडकबाट आज मिति २०८१।०२।०९ गते नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।’

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार १५:४४