३ असार २०८१, सोमबार | Mon Jun 17 2024

राप्रपा नेपाल कार्य सम्पादन समितिको बैठक आज बस्दै


१३ जेठ, काठमाडाैँ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समिक्षा , स्थानिय तहहरुको अधिबेशन, संगठन सुदृढीकरण सङ्गै सकृय सदस्यता बितरण अभियान बारे छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकले केन्द्रीय कार्य समितिको बैठकको मिति तय गर्नुका साथै बैठकमा पेश हुने कार्यपत्र र प्रतिबेदनहरु समेत पास गर्नेछ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र , महामन्त्रीद्वय भाष्कर भद्रा र राजाराम बर्तौलाले क्रमशः सचिवालय र संगठन सम्बन्धि प्रतिबेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले आर्थिक प्रतिबेदन पेश गर्ने कार्यतालिका रहेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आईतवार ०७:५३