२ असार २०८१, आईतवार | Mon Jun 17 2024

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया अझै तीन दिन प्रहरी हिरासतमा रहने


११ जेठ, काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अझै तीन दिन प्रहरी हिरासतमै रहने भएका छन । वरिष्ठ अधिव्यक्त शम्भु थापा लगायतको अनुरोध स्वीकार गर्दै जिल्ला अदालत धनुषाका न्यायाधीश रोमाकान्त ज्ञवालीको ईजलासले सिरोहियालाई अझै तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

मंगलबार काठमाडौँबाट पक्राउ परेका सिरोहियालाई रातारात धनुषा लगिएको थियो । भोलिपल्ट प्रहरीले तीन दिनको म्याद लिएर अनुसन्धान गरिरहेकोमा अझै अनुसन्धान नसकिएपछि थप तीन दिनको म्याद प्रहरीले पाएको छ । जिल्ला अदालत धनुषाका श्रेस्तेदार कैलाश भट्टराईले सिरोहियामाथि अनुसन्धान गर्न प्रहरीलाई थप ३ दिनको म्याद दिने आदेश भएको जानकारी दिए ।

सिरोहियालाई बाहिरै बसेर मुद्दा लड्ने अवसर दिन वरिष्ठ अधिवक्ता शम्भु थापासहितका सात जना वकिलले बहस गरेका थिए । तर न्यायाधीश ज्ञवालीको ईजलासले प्रहरीको माग अनुसार तीन दिनको म्याद थपिदिएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार १९:१९