२ असार २०८१, आईतवार | Sun Jun 16 2024

संसदीय छानविन समितिको कार्यादेशमा कांग्रेसको नयाँ प्रस्ताव


११ जेठ, काठमाडौँ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय छानविन समितिको कार्यादेश टुङ्ग्याउन बसेको कार्यदल बैठकमा आज पनि सहमति हुन सकेन ।

कानून मन्त्रालयमा शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति नजुटेपनि छलफल सकारात्मक भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनले भने, ‘आज कांग्रेस थप लचक भएर आएको छ, उहाँहरूले गृहमन्त्रीको नाम नराख्ने भए उहाँ संलग्न भएको संस्थाहरूको नाम राखेर जाऔं भन्ने ढंगको प्रस्ताव ल्याउनुभएको छ । त्यसबारेमा हामी दुवै छलफल गरेर फेरि बस्ने कुरा भएको छ ।’

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार १२:१३