२ असार २०८१, आईतवार | Sun Jun 16 2024

विपक्षी दलहरूको बैठक बानेश्वरमा जारी


११ जेठ, काठमाडाैँ । नेपाली कांग्रेससहित संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूको बैठक शुरू भएको छ । प्रतिनिधि सभा बैठकअघि बानेश्वरमा विपक्षी दलहरूको बैठक शुरू भएको हो । विपक्ष दलले सहकारी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै आएका छन् ।

कांग्रेसले बोलाएका विपक्षी दलको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी नेपाल, लोकतान्त्रिक समाजवादी, जनमोर्चा लगायतका दल सहभागी भएका छन् ।

उनीहरूले छानबिन समिति माग गर्दै लामो समयदेखि संसद् अवरुद्ध पार्दै आएका छन् । संसद् बैठक आजै बस्दै छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ ।

यता संसदीय छानबिन समितिको कार्यादेश बनाउन सत्ता पक्ष र कांग्रेसको कार्यदल बनेपनि सहमति जुट्न भने सकेको छैन । कार्यदलको बैठक कानुन मन्त्रालयमा जारी छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार ११:३६