२ असार २०८१, आईतवार | Sun Jun 16 2024

आज पनि घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?


११ जेठ, काठमाडौं । साताकाे अन्तिम काराेबारकाे दिन शुक्रबार पनि सुनकाे मुल्य घटेकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मुल्य ताेलामा १८ सय रूपैयाँले घटेर प्रतिताेला रू १ लाख ३६ हजार ९ सय रुपैयाँ कायम भएकाे छ । साताकाे दाेस्राे दिन साेमबार सुनकाे मुल्य हाल सम्मकै उच्च पुगेकाे थियाे । साेमबारयता सुनकाे भाउ निरन्तर घटेको छ ।

आज चाँदीकाे मुल्य पनि ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला रू १८ सय ५५ मा कायम भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार ११:२२