२ असार २०८१, आईतवार | Sun Jun 16 2024

फौजदारी अभियोगमा कैलाश सिरोहिया पक्राउ पर्दैमा लोकतन्त्र खतरामा पर्दैनः अध्यक्ष ओली


१० जेठ, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फौजदारी अभियोगमा कैलाश सिरोहिया पक्राउ पर्दैमा लोकतन्त्र खतरामा नपर्ने प्रष्ट पारेका छन । गृहजिल्ला झापामा बिहीबार आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले एक जना मिडिया हाउसका सञ्चालक पक्राउ गर्दैमा लोकतन्त्र खतरामा पर्यो भन्ने कुरा दुनियाँका लागि मजाकको बिषय बनेको बताए ।

उनले भने, ‘सिरोहियाको पक्राउ सही हो वा गलत हो भन्नेबारे र उहाँलाई पक्राउ गर्ने समय ठीक भयो कि भएन भन्नेबारे म कुनै टिप्पणी गर्दिन,’ ओलीले भन्नुभयो, ‘तर उहाँ समाचारको कारण नभई अन्य कारणमै पक्राउ पर्दा लोकतन्त्र खतरामा पर्दैन । सञ्चारका हकहरु खोसिदैन । कसैले पनि यस्तो गलत व्याख्या गर्न हुन्न ।’

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने पनि उनले बताए । उनले सिरोहिया कुनै समाचार प्रकाशनको विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर पक्राउ गरेको कारण डेमोक्रेसी खतरामा पर्यो भनेर कुतर्क गर्न नहुने बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहीबार १८:२८