३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

मुख्यमन्त्री कँडेलद्वारा बुद्ध जयन्तीका अवसरमा शुभकामना व्यक्त

१० जेठ, काठमाडाैँ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले गौतमबुद्धका दर्शनले नेपाल ज्ञान र चिन्तन परम्पराको उच्च भूमि रहेको तथ्यलाई प्रष्ट्याएको बताएको छ ।

विश्वशान्तिका अग्रदूत गौतमबुद्धको २५६८औँ जन्मजयन्तीका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कँडेलले मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको बताएको हो ।

उनले आज एक शुभकामना सन्देश जारी गर्दै भनेको छ, “नेपाली भूखण्ड प्राचीनकालदेखि नै ज्ञान र चिन्तन परम्पराको उच्च स्थान रहेको तथ्यलाई बुद्धका विचारले स्पष्ट पार्दछन्, अहिंसा, सद्भाव, मानवकल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले बुद्धका विचार विश्वभर नै धेरै लोकप्रिय हुन सकेका हुन्, बुद्ध जयन्तीलाई हाम्रो राष्ट्रको प्राचीन सभ्यता र समृद्ध इतिहासबाट प्रेरणा लिँदै प्रगतिको बाटोमा अग्रसर रहन प्रण गर्ने अवसरका रुपमा लिनुपर्दछ ।”

यो महत्वपूर्ण दिनले हामी सबैमा भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै राष्ट्रियता तथा पारस्परिक एकतालाई थप मजबुत बनाउन अभिप्रेरित गर्ने मैले विश्वास लिएका बताएका मुख्यमन्त्री कँडेलले बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई अनुसरण गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकता सुदृढ भएर विश्वशान्तिका लागि मद्दत पुग्नेछ भन्ने लागेको जनाएको छ ।

प्रकाशित मिति : May 23, 2024 at 2:45 pm