२ असार २०८१, आईतवार | Sun Jun 16 2024

आज एक हजार आठ सयले घट्याे सुनकाे भाउ, कतिमा हुदैँछ काराेबार ?


१० जेठ, काठमाडौं । बिहिबार काराेबारकाे दिन नेपाली बजारमा सुन–चाँदीको मुल्य घटेकाे छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मुल्य ताेलामा एक हजार आठ सयले घटेर छापावाला सुन प्रतिताेला रू १ लाख ३८ हजार ७ सय रूपैयाँ र तेजाबी सुन प्रतिताेला रू १ लाख ३८ हजार ५० रूपैयाँमा काराेबार भइरहेकाे छ

आज चाँदीकाे मुल्य पनि ताेलामा ३५ रूपैयाँले घटेर प्रतिताेला १८ सय ६५ रूपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहीबार ११:५१