३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

मलेसियामा पनि भब्यका साथ बुद्ध जयन्ती मनाइयाे

१० जेठ, काठमाडौँ । मलेसियको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासले शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ बुद्ध जयन्ती (वैशाक दिवस)का अवसरमा बुधबार एक कार्यक्रम आयोजना गरियो ।

गैरआवासीय नेपाली सङ्घ मलेसियाको समन्वयमा भएको कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल, मलेसियाका वरिष्ठ बौद्ध भिक्षु दातुक के श्री धम्मरत्न नायक महाथेर र गैरआवासीय नेपाली सङ्घ, मलेसियाका अध्यक्ष विनोद थापाले कार्यक्रमको शुभारम्भ गरेको थियो । मैत्री भावनाको ध्यानसत्रसमेत सञ्चालित कार्यक्रममा बुद्धको जन्मस्थल लुम्बिनीसम्बन्धी श्रव्यदृष्य र नेपाली गीत–सङ्गीत तथा कला प्रस्तुत गरिएको थियो ।

त्यस अवसरमा राजदूत पौडेलले बुद्धको जन्मस्थल लुम्बिनी नेपालीको गौरवको केन्द्र भएको बताउँदै लुम्बिनी क्षेत्र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सङ्गठन (युनेस्को)को विश्व सम्पदा सूचीमा रहेको जानकारी दिँदै नेपाल सरकार बृहत् लुम्बिनी क्षेत्रको पूर्ण विकास, यसको सांस्कृतिक र वास्तुकला स्मारकहरुको संरक्षण गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको क्लालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति : May 23, 2024 at 11:22 am