ललितपुरकाे ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु
१० जेठ, काठमाडाैँ । काठमाडाैँकाे ग्वार्कोमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएकाे छ ।
ललितपुर महानगरपालिका-१७ ग्वार्कोमा बुधबार राति ९:५० मा प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकलमा गाडीकाे ठक्कर भएकाे थियाे । मोटरसाइकलमा सवार गरिरहेकाे कोटेश्वरस्थित बस्दै आएका ३२ वर्षीय जयनाथ यादव गाडिकाे ठक्करबाट घाइते भएका थिए ।
उनलाई उद्धारकाे क्रममा बिएन्डबी अस्पतालमा उपचारका लागी लगिएकाे थियाे । त्यसै राति ११ बजे उनकाे मृत्यु भएको ललितपुर प्रहरी परिसरका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार ठक्कर दिने गाडिकाे केही सुचना नपाएकाे र घटना हुने ठाउँ आसपासका सिसीटिभी फुटेज अनुसार टिपरमा ठक्कर भएकाे एसपी सुवेदीले जानकारी दिए।
ठक्कर दिने गाडिकाे अनुसन्धान भइरहेकाे एसपी सुवेदीले बताएकाे छ ।
प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहीबार ११:१२










