१३ असार २०८३, शनिबार | Sat Jun 27 2026

वनभोज खाएर फर्कदै गरेको बस दुर्घटना हुँदा सुर्खेतमा २ जनाको मृत्यु, ४३ जना घाइते

१५ मंसिर, काठमाडाैँ । सुर्खेतमा वनभोज खाएर फर्किएको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४३ जना घाइते भएका छन । सुर्खेतको कटकुवाबाट सुर्खेत आउदै गरेको भे १ ख ८५९ नम्बरको बस कपासे नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकहरूको सनाखत हुनसकेको छैन ।

घाइतेहरूको कर्णाली प्रदेश अस्पताल, देउती अस्पताल, माया नर्सिङहोममा उपचार भइरहेको छ। वनभोजबाट फर्कदै गरेको अवस्थामा कपासे नजिकैको मोडमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको हो।

बसमा कति जना सवार थिए भन्ने भन्ने एकिन भइनसकेको छैन । प्रहरीका अनुसार दुर्घटनाको कारण पनि खुल्न सकेको छैन।

प्रकाशित मिति : December 1, 2018 at 8:05 pm