२ असार २०८१, आईतवार | Sun Jun 16 2024

सहकारी प्रकरणः संसदीय छानबिन समितिको कार्यादेश टुङ्ग्याउने कार्यदलको बैठक बस्दै


१० जेठ, काठमाडौँ । सहकारीको रकम ठगीकाे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक आज बस्दै छ । आज दिउँसो ३ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बस्नेछ ।

बैठकमा सत्ता पक्षबाट कांग्रेसले माग गरेको विषयहरूमा मस्यौदाको ड्राफ्ट प्रस्तुत गर्ने र त्यसमा कांग्रेसले सहमति जनाए कार्यादेश टुङ्गो लाग्ने बताइएको छ ।

कार्यदलमा सरकारको तर्फबाट कानूनमन्त्री पदम गिरी र नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका छन् ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरी उनि मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान नेपाली कांग्रेसले राख्दै आएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहीबार ०९:१५