१ असार २०८१, शनिबार | Sun Jun 16 2024

एन्का अध्यक्ष विजय जोशी क्रिकेट अष्ट्रेलियाको बहुसांस्कृतिक दुत घोषित


अष्ट्रेलिया । क्रिकेट अष्ट्रेलियाले एडिलेड नेप्लिज क्रिकेट एशोशियसन (एन्का)का अध्यक्ष विजय जोशी सहितका व्यक्तित्वहरुलाई बहुसास्कृतिक दुत घोषणा गरेको छ ।

घोषित दुतमा पाकिस्तानमा पुर्व खेलाडी वसिम अक्रम, अष्ट्रेलियाका उसमान ख्वाजा, चर्चित कमेन्टर रवी शास्त्री, क्रिकेटर स्कट वोल्यान्ड, कुइन्सल्याण्ड नेप्लिज क्रिकेट एशोशियसनका अमित लोहनी,  व्यवसायी कमाल खान, क्रिकेटर  एस्टन आगर, गुरिंदर सन्धु, इन्डियन मल्टिकल्चर क्रिकेटका अध्यक्ष संजय शर्मा समेत रहेका छन् ।

दुतहरुको घोषणा गर्दै क्रिकेट अष्ट्रेलियाले बहुसांस्कृतिक राजदूत कार्यक्रमले सम्मानित र प्रभावशाली नेताहरूलाई समावेशी र विविधताको वकालत गर्ने मञ्च प्रदान गर्ने जनाएको छ । हाम्रो उद्देश्य समुदायका बहुसांस्कृतिक सदस्यहरूलाई क्रिकेटसँग संलग्न हुनका लागि थप अवसरहरू सिर्जना गर्ने, र क्रिकेटमा बहुसांस्कृतिक सहभागीहरू र व्यापक समुदायका लागि अवस्थित अवरोधहरू बुझ्न र तोड्ने हो भनेको छ ।

यसै गरी कार्यक्रमले सरकार, व्यापार, मिडिया, क्रिकेट र समुदायका नेताहरूको नेटवर्कलाई जडान बढाउन र सकारात्मक परिवर्तनलाई अगाडि बढाउन ल्याउँनुका साथै दुतहरुले बहुसांस्कृतिक कार्य योजनाका मुख्य ५ क्षेत्रहरूको लागि नेतृत्व, अन्तरदृष्टि र समर्थन प्रदान गर्नेछन् जसले प्रगतिलाई गति दिन्छ भनेको छ । उसले यो कार्यक्रम अस्ट्रेलियाली क्रिकेटको रणनीतिक योजना, “Where the Game Grows” को एक हिस्सा भएको समेत जनाएको छ ।

दुतघोषित जोशी २०१६ देखी साउथ अष्ट्रेलियामा रहेर नेपाली समुदायमा क्रिकेट खेलको विकासमा क्रियाशिल छन् । एन्का अन्तर्गत हाल सात वटा क्रिकेट क्लव, एउटा महिला टिम र बालबालिकाको दुई उमेर समुहका क्रिकेट टिम संचालित छन्

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार १८:४१