१ असार २०८१, शनिबार | Sun Jun 16 2024

कांग्रेसले सहकारी ठगीविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने


९ जेठ, काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने भएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा कांग्रेसले आन्दोलनमा जानेगरी कार्यक्रम प्रस्ताव गरेको छ ।

गृहमन्त्री रवि लामिछाने ठगीमा मुछिएकाले उनि पदमा बस्न नमिल्ने भन्दै कांग्रेसले सडक आन्दोलन गर्ने जनाएकाे छ । कांग्रेसले सडक संघर्षअन्तर्गत प्रथम चरणमा शुक्रबार भृकुटीमण्डपबाट सुरु गर्ने र सहकारीपीडित बढी भएका सहरहरू पोखरा, चितवन, रुपन्देही हुँदै देशभर आन्दोलन गर्ने रणनिती बनाएकाे छ ।

जसअनुसार शुक्रबार काठमाडाैँकाे भृकुटीमण्डपमा बृहत् विरोध प्रदर्शन गर्ने कांग्रेसकाे तयारी छ । यस्तै गृहमन्त्री समेत रहेका रास्वपाका सभापति लामिछाने सहकारी ठगीमा जोडिएका सहकारी रहेका क्षेत्रहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन गरिने कांग्रेसकाे तयारी छ ।

कांग्रेसले चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्नेगरी मिति प्रस्ताव गरेको छ । कांग्रेसले बैठकपछि औपचारिक रूपमा संघर्षका कार्यक्रम घोषणा गर्ने एक नेताले जानकारी दिए ।

कांग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक सानेपामा जारी छ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार १४:५०