१ असार २०८१, शनिबार | Sun Jun 16 2024

सुनकाे भाउ घट्दा बढ्याे चाँदी, आज कतिमा हुँदैछ काराेबार


९ जेठ, काठमाडाैँ । साताकाे चाैथाे काराेबारकाे दिन बुधबार नेपाली बजारमा सुनकाे भाउ सामान्य घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मुल्य ताेलामा १ सय रूपैयाँले घटेर छापावाला सुन प्रतिताेला १ लाख ४० हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतिताेला १ लाख ३९ हजार आठ सय रूपैयाँमा काराेबार भइरहेकाे छ ।

त्यसैगरी, चाँदीकाे मुल्य भने बढेकाे छ । आज चाँदीकाे मुल्य १५ रूपैयाँ बढेर प्रतिताेला १९ सय रूपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार १३:११