५ फाल्गुन २०८२, मंगलवार | Wed Feb 18 2026

व्यक्तिगत मुद्दालाई कान्तिपुरसँग जोडे तर आरोपबारे बोलेनन् कैलाश सिरोहिया

८ जेठ, काठमाडाैँ । जिल्ला अदालत धानुषाले प्रहरीलाई नागरिकता कीर्ते गरेको मुद्दामा पक्राउ गर्न अनुमति दिएपछि कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले विज्ञप्ति जारी गरि सहकारीको विषयमा लेखेकै समाचारको आधारमा प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गरेको दाबी गरेका छन्। यद्यपी उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको मुद्दा न कान्तिपुरसँग सम्बन्धित छ न त समाचारसँग नै सम्बन्धित छ तर उनले भने समाचार लेखेकै कारण प्रतिशोध साँधिएको दाबी गरेका छन ।

पक्राउ पुर्जी जारी भएपछि कैलाशले जारी गरेको विज्ञप्ति !

नागरिकताबारे सरकारी निकायमा रहेको शङ्कास्पद विवरणका आधारमा प्रहरीमा परेको जाहेरीका आधारमा अनुसन्धानका लागि प्रहरीले केहीबेरअघि पक्राउ गरेको छ । सिरोहियाले विज्ञप्तिमा भनेका छन, ‘सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफै पनि जेल गएको हूँ। निरङ्कुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको हो। तर, कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको छ ।’ कैलाशले व्यक्तिगत मुद्दालाई कान्तिपुरसँग जोडे पनि आरोपबारे भने खासै बोलेका छैनन् । प्रहरीले कैलाश सिरोहियालाई पक्राउ गर्नुअघि जिल्ला अदालत धनुषामा दिएको निवेदन र प्रहरीले दिएको पक्राउ पुर्जी तल हेर्न सक्नुहुन्छ ।

प्रहरीले जिल्ला अदालत धनुषामा पेश गरेको विवरण ।

प्रहरीले कैलाश पक्राउ गर्नुअघि दिएको पक्राउ पुर्जी ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार १८:३३