कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी
८ जेठ, काठमाडाैँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । धनुषा जिल्ला अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएपछि पक्राउ पुर्जी जारी गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयमा सिरोहियाविरुद्ध नागरिकता दुरुपयोगको उजुरी परेको थियो । सोहि आधारमा जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हो।
प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार १४:१९










