१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

एमाले दाङ अध्यक्षमा आचार्य


७ जेठ, दाङ । नेकपा (एमाले) जिल्ला कमिटी दाङको अध्यक्षमा शिवकुमार आचार्य निर्विरोध चयन भएका छन् । चौधौँ जिल्ला अधिवेशनले उनलाई निर्विरोध चयन गरेको हो ।

यस्तै अधिवेशनले उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिवमा श्याम डाँगी तथा उपसचिवमा भुवनेश्वर पौडेल र सीता चौधरीलाई चयन गरेको छ । जिल्ला अधिवेशनबाट एक सय १९ सदस्यीय जिल्ला कमिटी निर्विरोध निर्वाचित भएको अध्यक्ष मण्डलका संयोजक नरूलाल चौधरीले जानकारी दिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार २१:५५