२६ फाल्गुन २०८२, मंगलवार | Tue Mar 10 2026

सशस्त्र प्रहरीको प्रवक्तामा कुमार न्यौपाने

४ जेठ, काठमाडाैं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले पाएका छन् ।यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काको सशस्त्र प्रहरी बल, नेपाल यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारीमा सरुवा भएपछि न्यौपानेले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ वाहिनी मुख्यालय अत्तरिया कैलालीको वाहिनीपति थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार १९:०८