सर्वसाधारणलाई संसद् भवन अगाडिको पैदलमार्गमा हिँड्न रोक
४ जेठ, काठमाडाैं । सर्वसाधारणलाई संसद् भवन अगाडिको पैदलमार्गमा हिँड्न रोक लगाइएकाे छ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सहकारीको बचत अपचलनबारे छानबिन समिति गठनको माग गर्दै संसद् भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेपछि प्रहरीले सर्वसाधारणलाई भवन अगाडिको पैदलमार्गमा हिँड्न रोक लगाएकाे हाे ।
नेविसंघले गृहमन्त्री रवि लामिछानेले बचत अपचलन गरेको भन्दै छानबिन समिति बनाउनुपर्ने माग गर्दै प्रदर्शन गरेको थियो । त्यसपछि संसद् भवनको सुरक्षाका लागि भन्दै सर्वसाधारणलाई त्यहाँबाट हिँड्न रोक लगाइएकाे हो ।
प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार १६:५९










