१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

प्रतिनिधिसभाको बैठक स्थगित

४ जेठ, काठमाडौँ । प्रतिनिधिसभाको आजका लागि तय भएको बैठक स्थगन भएको छ । सभाको अर्को बैठक यही जेठ ६ गते बिहान ११ बजेका लागि तय भएको संसद सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सहकारीको रकम हिनामिना भएको विषयलाई लिएर संसदीय छानबिन समिति गठनको माग गर्दै बैठक अवरोध गर्दै आएको छ ।

यसअघि आज बिहान ११ बजे बस्ने गरी बैठक बोलाइए पनि सूचना टाँस गरी दिउँसो २ बजेका लागि तय भएको थियो । तर विशेष कारणले बैठक बस्न नसकेको भन्दै आजको बैठक स्थगत गरिएको संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार १५:३७