१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

सहकारी ठगी प्रकरणका नाममा अब संसदीय छानविन समिति बन्दैन

४ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सहकारी ठगी प्रकरणमा अब संसदीय छानबिन समिति बनाउन नसकिने बताएका छन् । बिहीबारको संसद बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूको घम्साघम्सीपछि संसद भवनबाहिर पत्रकारहरूसँग कुरा गर्दै उनले अब कुनै हालतमा संसदीय छानबिन समिति नबन्ने दाबी गरे ।

उनले अब कांग्रेस शेरबहादुर देउवा, आरजु राणा र जयवीर देउवाको फाइल खोल्न तयार भएमात्र सहमति हुने अन्यथा रास्वपा सभापति रवि लामिछानेविरुद्ध संसदीय छानबिन गर्न तयार नहुने बताए । उनले रवि दोषी ठहरिए आफूहरू सबै राजनीति छाड्न तयार रहेको पनि बताए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार ०८:१४