१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार


३ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । बिहीबार नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ काे बिन्दुमा बन्द भएकाे छ ।

बिहीबार सिइबिडी हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ४३ करोड ९० लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, पोखरा फाइनान्सको ११ करोड ८७ लाख १८ हजार रुपैयाँ, पिपुल्स पावर लिमिटेडको ७ करोड ७२ लाख रुपैयाँ, हिमालयन लघुवित्तको ७ करोड २८ लाख २५ हजार रुपैयाँ र जीवन विकास लघुवित्तको ७ करोड १३ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १५:१०