१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

३१ वैशाख, काठमाडौं ।कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट आज विश्वासको मत लिएका छन् । आज बसेको प्रदेशसभा बैठकमा कार्कीले ५७ मत प्राप्त गरे । उनको विपक्षमा भने शून्य मत परेको थियो । प्रदेशसभामामा पाँच सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने तटस्थ बसेको थियो ।

आजको बैठक प्रतिपक्षी दल नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । कूल ९३ सदस्यीय प्रदेशसभामा आज ६२ सांसद उपस्थित थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १५:५१