१० पुष २०८२, बिहीबार | Fri Dec 26 2025

ग्लोबल एजुकेसन एकेडेमीमा ३ वर्षीया बालिकामाथि निर्घात कुटपिट, बालिका अस्पताल भर्ना

१४ मंसिर, काठमाडाैँ । झापाको दमकमा रहेको एक निजी विद्यालयमा अध्ययनरत एक बालिकालार्इ शिक्षिकाले निर्घात कुटपिट गरेकी छिन । शिक्षिकाको कुटाइबाट घाइते भएकी बालिकाको अहिले स्थानीय अस्पतालमा उपचार भैरहेको छ । ग्लोबल एजुकेसन एकेडेमीमा कक्षा नर्सरीमा अध्यनरत ३ वर्षीया आरुषी पन्थीलाई उनकै शिक्षिकाले नै निलडाम हुने गरी कुटपिट गरेको परिवारले बताएकोछ  ।

विद्यालयबाट मावली घर आएपछि बालिकाको माइजूले स्कुुलको ड्रेस चेञ्ज गर्ने क्रममा निलडाम घाउ देखेपछि मामाले स्कुलमा पुगेर एक शिक्षकसँग सोधपुछ गरेका थिए । तर,सोधपुछका क्रममा ती शिक्षिकाले घटनाबारे कुनै प्रतिकृया नदिएपछि आफूले उपचारका लागि अस्पताल ल्याएको मामा विक्रम केसीले जानकारी दिए ।

केसीका अनुसार कुटपिटबाट घाइते बालिकाको दमकको निम्स अस्पतालमा उपचार भइरहेको छ । स्कुलका प्रिन्सिपल गुणराज अधिकारीले बालिकामाथि कुटपिटको घटना छनबिन गरी दोषी भेटिए कारबाही गर्ने बताएका छन । बलिकाको बुबाको पनि मृत्यु भइसकेको र उनकी आमा टिका पन्थी चिया पसल सञ्चालन गरी जीविका चलाउँदै अाएकीछिन ।

प्रकाशित मिति : १४ मंसिर २०७५, शुक्रबार ११:३६