१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता


३० वैशाख, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सुधार आएको छ । आइतबार नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० को विन्दुमा कायम हुन पुगेको छ ।

आइतबार सांग्रिला डेभलपमेन्ट बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १० करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यस दिन पोखरा फाइनान्सको ८ करोड ६ लाख ९६ हजार रुपैयाँ, सोनापुर मिनरल्सको ८ करोड ५ लाख ७८ हजार रुपैयाँ, शिवम् सिमेन्टको ७ करोड ७१ लाख ९० हजार रुपैयाँ र नेपाल इन्स्योरेन्सको ६ करोड ९५ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आईतवार १५:१४